singel post top banner

मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
मंगलबार, चैत्र १०, २०८२
58 Views
मन्त्रिपरिषद्: नयाँ सरकारमा मन्त्री चयनको अन्तिम तयारी
समाचार सारांश
  • काठमाडौँ — राष्ट्रवादी स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनको अन्तिम गृहकार्य तीव्र गतिले भइरहेको छ।
  • स्रोतका अनुसार केही मन्त्रालयका टुंगो लागिसकेका छन् भने केही मन्त्रालयको नाम अझै तय हुन बाँकी छ।

काठमाडौँ — राष्ट्रवादी स्वतन्त्र पार्टी (रास्वपा) र बालेन शाह नेतृत्वको नयाँ सरकारमा मन्त्री चयनको अन्तिम गृहकार्य तीव्र गतिले भइरहेको छ। स्रोतका अनुसार केही मन्त्रालयका टुंगो लागिसकेका छन् भने केही मन्त्रालयको नाम अझै तय हुन बाँकी छ। यी बाँकी नामहरू बारे पार्टी सभापति रवि लामिछानेसँग अन्तिम छलफल भइरहेको जानकारी प्राप्त भएको छ।

बालेन शाह चैत १३ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद् गठनको योजना बनाइएको छ। हालसम्म १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद् बनाउनेबारे छलफल भइरहेको स्रोतले जनाएको छ।

रास्वपा ले चुनावी वाचापत्रमा मन्त्रालयहरूको संख्या १८ मा सीमित गर्ने उल्लेख गरेकाले, त्योभन्दा ठूलो आकारको मन्त्रिपरिषद् नबनाउने पक्षमा छलफल भइरहेको पनि जानकारी छ। केही मन्त्रालयहरूलाई गाभेर सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भइरहेको छ। एक नेताले भने, “मन्त्रीमा कतिपय अनअपेक्षित नामहरू आउन सक्छ।”

पार्टी सञ्चालनको लागि आवश्यक टिम बनाउन पनि ध्यान दिइएको छ। सचिवालय तहका केही नेताहरूलाई ‘रिजर्भ’ मा राख्ने तयारी भएको स्रोतले जनाएको छ।

विभिन्न नाममा छलफल जारी रहेको भनाइ छ। बालेनले प्रधानमन्त्रीसँगै रक्षा मन्त्रालयको जिम्मेवारी स्वीकार्ने सम्भावना देखिएको छ। उपसभापति डीपी अर्याल र डा. स्वर्णिम वाग्ले मन्त्री बन्न निश्चित छन्। उनीहरूले गृह, अर्थ, वा भौतिक पूर्वाधार मन्त्रालय सम्हाल्ने विषयमा छलफल भइरहेको छ।

परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनाललाई दिन सक्ने चर्चा छ। खनाल पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख पनि हुन्।

स्वास्थ्य र कानुन मन्त्रालयका लागि सोविता गौतमको नाम पनि चर्चामा छ। साथै, सभामुख पदको लागि पनि उनका नाम उठ्दै आएको छ। पूर्व सञ्चारमन्त्री जगदिश खरेल र प्रतिभा रावलको नाम पनि सभामुख पदका दावेदारको रुपमा चर्चा भइरहेको छ।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सुदन गुरुङलाई दिन सक्ने चर्चा छ भने, पर्यटन वा सञ्चार मन्त्रालयका लागि मनिष झाको नाम पनि चर्चा भइरहेको छ।

मन्त्रीहरूको नाममा छलफल जारी रहे पनि अन्तिम टुंगो अझै लागिसकेको छैन। रास्वपाले २१ फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ १२५ सिट जितेको थियो। समानुपातिकबाट थप ५७ सिट जित्दै, कुल १८२ सिटसहितको प्रतिनिधि सभा भएको यस पार्टीले झण्डै दुई तिहाई बहुमतको सरकार गठनको गृहकार्य गरिरहेको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
मधेसका मुख्यमन्त्री : ‘सर्वोच्चको पत्र अझै पाएन, विश्वासको मत नआए राजीनामा दिन तैयार’
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका दलहरूको बैठक आह्वान
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
नेपालमा सुन र चाँदीको मूल्य नयाँ रेकर्ड, अन्तर्राष्ट्रिय बजारमा पनि वृद्धि
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
जनकपुरमा आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसम्बन्धी महासन्धिको कार्यशाला सम्पन्न
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
बिपी राजमार्गमा लगातार खस्ने सुख्खा पहिरो र वर्षाका कारण अवरुद्ध यातायात, डाइभर्सन बनाउने कार्य जारी
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
जलेश्वर कारागारबाट भागेका फरार कैदीबन्दीको संख्या २७३ रहेको, खोजी प्रक्रिया जारी
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
उदयपुरमा गाँजासहित दुईजना पक्राउ, जिपबाट ७५० किलो गाँजा बरामद
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयमा अनबन, सहमहामन्त्री परियारको भनाइले थप जटिलता
सर्लाहीमा महतोको वीभत्स हत्या, टाउको अझै फेला परेन – अनुसन्धान जारी
सर्लाहीमा महतोको वीभत्स हत्या, टाउको अझै फेला परेन – अनुसन्धान जारी
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?