singel post top banner

संविधान संशोधनको बहस देशभर लैजाँदै राष्ट्रिय मुक्ति पार्टी, अभियानको तयारी

belwo post title ad banner
विजय सिंह विजय सिंह
सोमबार, आश्विन ५, २०८३
100 Views
संविधान संशोधनको बहस देशभर लैजाँदै राष्ट्रिय मुक्ति पार्टी, अभियानको तयारी
समाचार सारांश
  • काठमाडौं ।
  • राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ । असोज ३ गते आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले यस्तो निर्णय गरेको हो ।

संविधान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा संविधान संशोधन तथा विभिन्न समुदायका सवालबारे विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन व्यवसायी, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिले धारणा राखेका थिए । पार्टीका अनुसार कार्यक्रममा उठेका विचार तथा सुझावलाई आगामी अभियानका लागि दस्तावेजीकरण गरिनेछ ।

कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रा. डा. निर्मलमणि अधिकारी, बुद्धछिरिङ मोक्तान, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, समिम मिया अन्सारी, संविधान सभा सदस्य रामकुमार शर्मालगायत सहभागी थिए ।

पार्टीले अन्तरक्रियामा विभिन्न क्षेत्रका प्रतिनिधिबाट आएका सुझाव तथा धारणालाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यसकै आधारमा संविधान संशोधनसँग सम्बन्धित बहसलाई विभिन्न जिल्ला तथा क्षेत्रमा पुर्‍याउने तयारी गरिएको जनाएको छ ।

पार्टीका महासचिव सन्तोष मेहताका अनुसार अन्तरक्रियाबाट उठेका विषयको सान्दर्भिकता कायम रहेकाले यसलाई देशभर अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । उनले विभिन्न क्षेत्रबाट आएका विचार र सुझावलाई समेटेर आगामी कार्यक्रम अघि बढाइने जानकारी दिए ।

संविधान संशोधनको विषयमा पछिल्लो समय विभिन्न राजनीतिक दल तथा समूहले आ–आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । सरकारले पनि संविधान संशोधनसम्बन्धी बहस अघि बढाइरहेको सन्दर्भमा यस विषयमा राजनीतिक तथा सार्वजनिक बहस जारी छ ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
विजय सिंह
विजय सिंह
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
मोरङको ग्रामथानमा महिलाको हत्या, देवर पक्राउ, थप अनुसन्धान जारी
नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी
नेपाल तेक्वान्दो संघको केन्द्रीय उपाध्यक्षमा राम गिरी
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
दीपावली पर्व प्रारम्भ, आज साँझ धनतेरस
सप्तरीको बोदेबरसाईन नगरपालिका-५ मा पानी निकास नहुँदा सडक अवरुद्ध
सप्तरीको बोदेबरसाईन नगरपालिका-५ मा पानी निकास नहुँदा सडक अवरुद्ध
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
बाँकेका विभिन्न नगरपालिका र गाउँपालिकाका प्रशासनिक भवन निर्माणमा ठेकेदारको लापरबाही
मन्त्रिपरिषद्को नियमित बैठक आज, प्रधानमन्त्री बालेनले दिउँसो ३ बजे बोलाए
मन्त्रिपरिषद्को नियमित बैठक आज, प्रधानमन्त्री बालेनले दिउँसो ३ बजे बोलाए
रसुवाको भोटेकोशी बाढीमा ७ जनाको शव फेला, खोजी कार्य जारी
रसुवाको भोटेकोशी बाढीमा ७ जनाको शव फेला, खोजी कार्य जारी
श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट, नौको मृत्यु र २९ घाइते, विस्फोटक पदार्थको जफत सम्बन्धित
श्रीनगरस्थित नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट, नौको मृत्यु र २९ घाइते, विस्फोटक पदार्थको जफत सम्बन्धित
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?