singel post top banner

सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, फाल्गुन १७, २०८२
126 Views
सामाजिक सञ्जालमा झुटा प्रचारविरुद्ध कडा कदम: ६१२ भन्दा बढी हानिकारक सामग्री ट्र्याक
समाचार सारांश
  • काठमाडौं — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा झुटा प्रचार र गलत सूचना फैल्याउने गतिविधि तीव्र रूपमा बढिरहेको बारेमा चिन्ता व्यक्त गरेका छन्।
  • उनले मौन अवधि सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

काठमाडौं — निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सामाजिक सञ्जालमा झुटा प्रचार र गलत सूचना फैल्याउने गतिविधि तीव्र रूपमा बढिरहेको बारेमा चिन्ता व्यक्त गरेका छन्। उनले मौन अवधि सम्बन्धी कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्।

भण्डारीले भने, “झुटा प्रचारका लागि सामाजिक सञ्जालको अत्यधिक प्रयोग भइरहेको छ। यसलाई नियमन र नियन्त्रणका लागि हामी निरन्तर काम गरिरहेका छौं। साथै, सञ्चार क्षेत्रको पनि जिम्मेवारी हुन्छ, गलत प्रचार रोक्नमा भूमिका खेल्न।”

उनका अनुसार एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा सिर्जित डिपफेक (फेक तस्वीर र भिडियो) सामग्रीको प्रचारमा पनि वृद्धि भएको छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार शुक्रबारसम्म ६१२ भन्दा बढी हानिकारक सूचना ट्र्याक गरिएको छ। यी सूचनाहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।

विधुतीय कारोबार ऐन २०६३ अनुसार हानिकारक सूचना फैलाउने व्यक्तिका विरुद्ध कारबाहीका लागि नेपाल प्रहरीलाई जानकारी गराइएको छ। त्यस्तै, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत उल्लंघन गर्ने सूचनालाई केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको छ। यसैगरी, प्रेस काउन्सिल ऐन २०४८ को उल्लंघन देखिएपछि आयोगले सो सम्बन्धि रिपोर्ट प्रेस काउन्सिलमा बुझाएको जनाएको छ।

निर्वाचन आयोगका प्रमुख भण्डारीले भने, “हामीले सतर्कता र निगरानीलाई तीव्रता दिएका छौं। गलत सूचना र झुटा प्रचार फैलाउने गतिविधि रोक्न आवश्यक कदम चालिरहेका छौं।”

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
नेपाली कांग्रेसले काठमाडौंमा आज ६ स्थानमा चुनावी सभाको आयोजना, वरिष्ठ नेताहरूले सम्बोधन गर्ने
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
नेकपाका युवा नेता माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट पाए टिकट
भारतका चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा आक्रमण: गोली चलेको दाबी, तोडफोड र विद्यार्थीमा आक्रोश
भारतका चर्चित शिक्षक खान सरको कोचिङ सेन्टरमा आक्रमण: गोली चलेको दाबी, तोडफोड र विद्यार्थीमा आक्रोश
सशस्त्र प्रहरी बलका ८ जना अधिकारीहरूलाई छानबिन, डीएसपीदेखि जवानसम्म संलग्नता
सशस्त्र प्रहरी बलका ८ जना अधिकारीहरूलाई छानबिन, डीएसपीदेखि जवानसम्म संलग्नता
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
नेपाल वेस्टइन्डिज विरुद्धको आईसीसी टी-२० विश्वकप खेल खेल्दै
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
संयुक्त रूपमा आयोजित निःशुल्क छाला स्वास्थ्य शिविर सम्पन्न; २१० जना बिरामीले पाए विशेषज्ञ सेवा
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
कर्णाली प्रदेशमा निर्वाचन सुरक्षा व्यवस्था: अति संवेदनशील मतदान स्थलको संख्या र व्यवस्थापन व्यापक
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
सुदूरपश्चिम प्रदेशको बजेट खर्च ६०% मुनि, विकास निर्माणमा चुनौती
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
एनपीएल हेरेर राति घर फर्कन कठिनाइ भएका दर्शकका लागि निःशुल्क बस सेवा सुरु
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा खोला किनारमा ४० वर्षीया महिलाको शव भेटिए
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?