singel post top banner

रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो

belwo post title ad banner
पुर्बेली टुडे संवाददाता पुर्बेली टुडे संवाददाता
आइतबार, कार्तिक २३, २०८२
193 Views
रास्वपा ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवारको घोषणा गर्यो
समाचार सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवार घोषणा गरेको छ।
  • पार्टीले यसबारे विस्तारित बैठकको निर्णय अनुसार उम्मेदवारहरूलाई आह्वान गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको उम्मेदवार घोषणा गरेको छ। पार्टीले यसबारे विस्तारित बैठकको निर्णय अनुसार उम्मेदवारहरूलाई आह्वान गरेको हो।

चितवनको सौराहामा दुई दिनसम्म जारी रहेको सो बैठकले समानुपातिक प्रणालीतर्फ उम्मेदवार बन्न चाहने इच्छुक व्यक्तिहरूलाई आजैदेखि आवेदन दिन भनिएको छ। पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यले प्रस्तुत गरेको उम्मेदवारी छनोटको रूपरेखामा आधारित रहेर उम्मेदवारहरूलाई आह्वान गरिएको जानकारी पार्टीका प्रवक्ता मनिष झालेले जानकारी दिए।

रास्वपाले उम्मेदवारीको लागि पाँच बुँदे सर्तहरू तोकेको छ। यी बुँदामा पदको दुरुपयोग नगरेको, आफैँले शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गरेको, वैवाहिक अवस्थाको स्पष्टता रहेको, सार्वजनिक रूपमा प्रमाणित (अनलाइनसहित) घृणात्मक अभिव्यक्ति, दुव्र्यवहार, धम्की, जात, लिंग आधारमा अपमान या कमजोर समूहको शोषण नगरेको तथा आफ्ना परिवार वा घरका सदस्यहरूले आफ्ना आधारभूत आवश्यकताहरू प्रतिनिधिसभा सदस्य हुँदा पनि स्थिर रूपमा पूरा गर्न सक्ने गरी नियमित र पारदर्शी आम्दानी स्रोतको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।

अर्को मुख्य कुरा भनेको यस पटक पार्टीले समानुपातिकको बन्द सूचीमा जेनजी स्प्रिटको प्रतिनिधित्व गर्दै २५ देखि ४० वर्षमुनिका युवाहरूलाई प्राथमिकता दिएको हो। साथै, प्रवासबाट फर्किएका नेपालीहरूलाई पनि समानुपातिकमा १००% प्रतिनिधित्व सुनिश्चित गराइएको छ भन्ने जानकारी प्रदान गरिएको छ।

थप रूपमा, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट उम्मेदवार बनेका पार्टी सदस्यहरूले फागुन २१ को निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था गरिएको छ। यसले पार्टी भित्रको प्रतिस्पर्धालाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य राखिएको हो।

यस निर्णयले पार्टी भित्र युवा र प्रवासी नेपालीहरूलाई अवसर प्रदान गर्न र समानुपातिक प्रणालीको प्रभावकारी प्रयोग गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पुर्बेली टुडे संवाददाता
पुर्बेली टुडे संवाददाता
'निस्पक्ष खबर, सत्यको आधार' पुर्बेली टुडे डटकम।
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
वैशाख १ गतेदेखि ३०औँ वन्यजन्तु सप्ताह : साताव्यापी कार्यक्रम सार्वजनिक
संसद् भवन निर्माण काम ढिलाइ हुँदा राष्ट्रियसभाको बैठकका लागि विकल्प खोजी जारी, कृषि समितिको हललाई प्राथमिकता
संसद् भवन निर्माण काम ढिलाइ हुँदा राष्ट्रियसभाको बैठकका लागि विकल्प खोजी जारी, कृषि समितिको हललाई प्राथमिकता
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
संसारकै ठूलो संग्रहालयमाट ७ मिनेटमा थुप्रै बहुमूल्य गहनाहरू चोरी
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
आज २०८१ साल चैत १२ गते मंगलबारको राशिफल
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
खाडी क्षेत्रमा तनाव तीव्र, इरानी मिसाइल आक्रमण र अमेरिका–इजरायलको आक्रामक कदमले स्थिति विकट
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
सिरहा जिल्लाका किसानहरू पठनबेमौसमी वर्षाका कारण ठूलो संकटमा, तत्काल राहत र क्षतिपूर्तिको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
मधेस प्रदेशमा सरकार गठनविरोधी सांसदहरूको विरोध प्रदर्शन र नियुक्ति खारेजीको माग
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
एकता र संयमित भएर अघि बढ्न आवश्यक रहेको बताए; प्रधानमन्त्री कार्की
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
चार अर्ब ६२ करोडका दर्जनौँ पुल अलपत्र : कोशी प्रदेशका २२ मध्ये १९ पुलको प्रगति ५०% भन्दा कम
कुलमान घिसिङ बर्खास्त
कुलमान घिसिङ बर्खास्त
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?

छुटाउनुभयो कि ?