राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राजविराजमा भव्य प्रभातफेरी र कोणसभा सम्पन्न
- राजविराज — राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राजविराजमा एक भव्य प्रभातफेरी र कोणसभा कार्यक्रम सम्पन्न भएको छ।
- कार्यक्रमको शुरुवात जिसस कार्यालयबाट भएको प्रभातफेरी नगरका मुख्य मार्गहरू परिक्रमा गर्दै गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
राजविराज — राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा राजविराजमा एक भव्य प्रभातफेरी र कोणसभा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको शुरुवात जिसस कार्यालयबाट भएको प्रभातफेरी नगरका मुख्य मार्गहरू परिक्रमा गर्दै गजेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। यस क्रममा सहभागीहरूले प्रजातन्त्रको स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूको स्मरण गर्दै देशभक्तिपूर्ण नाराबाजी गरेका थिए।
कोणसभामा वक्ताहरूले प्रजातान्त्रिक आन्दोलनका क्रममा सहिदहरूले देखाएको साहस, त्याग र बलिदानको चर्चा गर्दै वर्तमान पुस्तालाई लोकतान्त्रिक मूल्यहरू जोगाउन र सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्न अनुरोध गरे।कार्यक्रममा पवि मावि विद्यालय र शिब्स स्कुलका विद्यार्थीहरूको उल्लेखनीय भागीदारी देखिएको थियो। विद्यार्थीहरूले राष्ट्रिय झण्डा बोकेर देशभक्तिपूर्ण नारासहित नगर परिक्रमा गरेका थिए।
यस कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिसस प्रमुख शिवनारायण साहको अध्यक्षता रहेको थियो। अन्य अतिथिहरूमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, जिसस उपप्रमुख शम्भु यादव, नेपाली सेना बरख प्रमुख सेनानी सोबित बहादुर चन्द, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुलचन्द न्यौपाने, राजबिराज नगरपालिका कार्यपालिका सदस्य सोनी रजक र नीलम कर्ण, वडा नं. ७ का वडा सदस्य रमानन्द देव, शाखा अधिकृत अनिता चौधरी, पविमाविका प्राचार्य मोहन मिश्रा, र शिब्स स्कुलका संस्थापक नरेश प्रताप साहलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
यस कार्यक्रमले राष्ट्रिय एकता र लोकतन्त्रको महत्त्वलाई पुनः जगेर्ना गर्दै, युवापुस्तालाई प्रजातान्त्रिक मूल्यहरू जोगाउन प्रेरित गरेको थियो।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






