सिराहा प्रहरीले अवैध लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिइयो
- जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जना पक्राउ गरेको छ।
- सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री र वितरण भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट संयुक्त टोली खटिएको थियो।
जिल्ला प्रहरी कार्यालय सिराहाले अवैध लागुऔषधसहित ४ जना पक्राउ गरेको छ। सिराहा नगरपालिका–१ मा लागुऔषध बिक्री र वितरण भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिराहा, लागुऔषध नियन्त्रण ब्युरो गोलबजार सिराहा र वडा प्रहरी कार्यालय सिराहाबाट संयुक्त टोली खटिएको थियो।
सोही टोलीले शुक्रवार साँझ विशेष परिचालनको क्रममा सिराहा नगरपालिका–१७ पटेर्वा बस्ने २५ वर्षका राम जीवन यादव र सोही स्थान बस्ने २७ वर्षका दीपककुमार यादवलाई नियन्त्रणमा लिएका हो। उनीहरूलाई बाटो छेउमा राखिएको स ११ च ५४८५ नम्बरको मोटरसाइकलमा सवार अवस्थामा चेकजाँच गर्दा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला परेको थियो। तौल गर्दा उक्त पदार्थको तौल २४ ग्राम ८२० मिलीग्राम थियो।
यसैगरी, हिजै साँझ नै सिराहा नवराजपुर गाउँपालिका–५ स्थित कुसण्डीबाट जगतपुर जाने बाटोमा इलाका प्रहरी कार्यालय झाझपट्टी सिराहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको स १० प ५३२६ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा सो वाहनका चालक र सवारीसाधनका साथबाट लागुऔषध बरामद गरेको थियो।
मोटरसाइकल चालक सिराहा नवराजपुर गाउँपालिका वडा नं १ बस्ने २० वर्षका ऋषि कुमार यादवलाई साथबाट लागुऔषधको विभिन्न प्रकारको एम्पुलहरू जस्तै डाईजोपाम (५ थान), प्रोमेथाजाईन (५ थान) र ब्रुफेनफाइन (५ थान) फेला परेको थियो।
त्यसैगरी, सोही मोटरसाइकलको पछाडि सवार सिराहा भगवानपुर गाउँपालिका ५ का १८ वर्षीय देवेन्द्र कुमार यादवको साथबाट डाईजोपाम एम्पुलका १ थान र सिरिन्ज फेला परेको थियो। प्रहरीले उनीहरूलाई पनि लागुऔषधसहित पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीको यो कार्यवाहीले जिल्लामा अवैध लागुऔषधको कारोवार र बिक्री विरुद्धको कडा कदम भएको छ। प्रहरीको यस कदमले अवैध लागुऔषधको कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रण गर्न मद्दत गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ
