मोरङ कारागारमा भत्ता चोरी: अभिषेक गिरी पक्राउ, गुमेको रकमको अनुसन्धान जारी
- विराटनगर — जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको भत्ता कारागारभित्रैबाटै हराएको पाइएको छ।
- कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ दरले वितरण गरेको रकम अन्तर्गत शुक्रबार ब्लक बीमा वितरण गरिएको रकम भने गायब भएको हो।
विराटनगर — जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई वितरण गरिएको भत्ता कारागारभित्रैबाटै हराएको पाइएको छ। कारागार प्रशासनले बुधबार, बिहीबार र शुक्रबार गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ दरले वितरण गरेको रकम अन्तर्गत शुक्रबार ब्लक बीमा वितरण गरिएको रकम भने गायब भएको हो।
मोरङ प्रहरी स्रोतका अनुसार, यस घटनामा अभिषेक गिरीको नाम जोडिएको छ। कैदीबन्दीलाई वितरण गरिएको रकम केही घण्टापछि अनुगमन गर्दा उनीहरूको हातमा पैसा देखिएको थिएन। सोधपुछ गर्दा गिरीको नाम विवादास्पद रुपमा समावेश भएको पुष्टि भएको हो। रकम गिरीको घरमा पुगेको सूचनापछि प्रहरीले शनिबार बिहान उनको घरमा सर्च अपरेशन चलाएको थियो। सुरुमा हतियार रहेको आशंकामा खानतलासी गरिएको बताइन्छ। पक्राउ गर्दा प्रहरीले गिरीले कैदीबन्दीको भत्ता दुरुपयोग गरेको पुष्टि गरेको छ।
जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेका अनुसार, मोरङ कारागारमा तीन वटा ब्लक छन्। ती मध्ये ‘ए ब्लक’ मा ५३९ जना, ‘बी ब्लक’ मा ५३६ जना र महिला ब्लकमा ११० जना कैदीबन्दी रहेका छन्। ती सबैलाई गर्मी भत्ताका रुपमा २ हजार ५ सय रुपैयाँ वितरण गरिएको थियो।
‘बी ब्लक’ का ५३६ जना कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रुपैयाँ रकम केही समयमा नै गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो। त्यसपछि उनले शुक्रबार नै कारागारको ‘बी ब्लक’ मा अनुगमन गर्न निर्देशन दिए। अनुगमनको क्रममा कैदीबन्दीलाई वितरण गरिएको रकम उनीहरूको हातमा थिएन।
जेलर घिमिरेका अनुसार, कारागार प्रशासनका कर्मचारीले नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीलाई रकम पुर्याएका थिए। “हामीले कोठा–कोठामै गएर २५ सयका दरले पैसा बाँडेका हौं,” उनले भने, “अनुगमनको क्रममा कैदीबन्दीले पैसा प्राप्त गरेको स्वीकार गरे पनि सबै पैसा साथमा देखाउन सकेनन्।” कतिपय कैदीबन्दीको हातमा ५०० देखि १००० रुपैयाँ मात्र फेला परेको थियो। बाँकी रकमका बारेमा सोधपुछ गर्दा, उनीहरूले घरपरिवार वा आफन्तलाई पैसा पठाइसकेको बताएका थिए।
स्रोतका अनुसार, ‘बी ब्लक’ का चौकीदार चन्चल बर्मनलाई सोधपुछ गर्दा गिरीको नाम लिइएको थियो। प्रमुख जिल्ला अधिकारी कटेलले भने, “कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई पक्राउ गरिएको छ। गिरीसँग जोडिएका थप विषयमा अनुसन्धान भइरहेको छ।”
गिरी नेपाली कांग्रेसको सक्रिय नेता हुन्। शरीर बन्धक र अपहरण मुद्दामा ९ वर्ष जेल सजाय भोगेका गिरी लामो समय मोरङ कारागारको चौकीदार थिए। कारागारभित्रै उनले कैदीमाथि दमन र आर्थिक शोषण गरेको आरोप लाग्दै आएको थियो। कारागारबाट छुटेपछि उनले आफ्नै नेतृत्वमा ‘गिरी फाउन्डेशन’ स्थापना गरी सामाजिक कार्यमा सक्रियता देखाएका थिए।
गिरी फाउन्डेशन स्थापना गर्नासाथ उनी राजनीतिक रूपमा पनि सक्रिय रहे। फागुन २१ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली कांग्रेस महामन्त्री गुरुराज घिमिरेको चुनावी कमाण्डर बनेका थिए।
प्रहरीले गिरीलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ। प्रहरीले यस सम्बन्धि घटनाको छानबिन गर्न जारी राखेको छ। यस घटनाले कारागारभित्रको व्यवस्थापन र भ्रष्टाचारप्रति ध्यानाकर्षण गराएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






