singel post top banner

दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने

belwo post title ad banner
पंकज गुप्ता पंकज गुप्ता
मंगलबार, जेठ १९, २०८३
30 Views
दिल्ली पुगे रास्वपा सभापति रवि लामिछाने
समाचार सारांश
  • भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नितिन नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।
  • काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सोमबार अपराह्न दिल्ली पुगेका छन् ।

भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नितिन नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने सोमबार अपराह्न दिल्ली पुगेका छन् । भारतमा सत्तारूढ भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष नितिन नविनको निमन्त्रणमा लामिछाने भारत भ्रमणमा गएका हुन् ।

रास्वपा सभापति लामिछाने पत्नी निकिता पौडेल तथा पार्टीका दुई जना नेताहरूसहित दिल्ली अवतरण गरेका हुन् । उनलाई भाजपाका राष्ट्रिय महासचिव तथा राज्यसभा सदस्य अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवालेले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।भारतका लागि कार्यवाहक नेपाली राजदूत सुरेन्द्र थापासमेत लामिछानेको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

रास्वपा र भाजपाबीच दलगत सम्बन्ध सुदृढ गर्ने भनेर भ्रमणको आयोजना गरिएको भनिएको छ । गत २१ फागुनमा भएको आम निर्वाचनबाट झन्डै दुई तिहाई बहुमतसहितको सरकार बनाएको दुई महिनापछि पार्टी सभापति लामिछानेको पहिलो औपचारिक भारत भ्रमण भएको हो । भारत भ्रमणमा रहँदा उनले भाजपाका अध्यक्ष नवीनसहितका शीर्ष नेताहरू तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् ।

भाजपाको विदेश विभागद्वारा आइतबार जारी विज्ञप्तिमा पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता हुने उल्लेख भए पनि को-कोसँग भेट हुने खुलाइएको छैन । विमानस्थलबाट सिधै ताजमान सिंह होटल पुगेका लामिछानेको मुख्य भेटघाटहरू मंगलबारलाई निर्धारित छ । भ्रमण टोलीमा पार्टी सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्य छन् ।

befor comment ad banner

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
पंकज गुप्ता ( Pankaj Gupta )
पंकज गुप्ता ( Pankaj Gupta )
लेखकबाट थप
singel recation post berfor adbanner
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
just demosingel post page on related news top
also rade ad banner

यो पनि पढौँ

मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
मधेश प्रदेशसभाअघि सात दलका सांसदहरूको धर्ना र राजनीतिक विवाद
दिल्ली बमबारीमा टाउको टुक्रा र शरीरका अन्य भागहरू; पहिचान गर्न खोज्दै एजेन्सीहरू
दिल्ली बमबारीमा टाउको टुक्रा र शरीरका अन्य भागहरू; पहिचान गर्न खोज्दै एजेन्सीहरू
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
कलङ्कीबाट स्वचालित हतियारसहित तीन जना पक्राउ,
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपालले लेबननस्थित संयुक्त राष्ट्र शान्ति सैनिकको सुरक्षामा जोड दियो
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
नेपाली कांग्रेसले जनकपुरमा चुनावी प्रतिज्ञापत्र सार्वजनिक, गगन थापाले सम्बोधन गर्ने
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
महोत्तरीमा मिथिला माध्यमिकी परिक्रमा यात्रा सुरु
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
मानव अधिकार दिवसको अवसरमा जनकपुरधाममा नेपाल बार एशोसिएसनको प्रभातफेरी कार्यक्रम
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
युक्रेन जोगाउन १८ युरोपेली देशले गठबन्धन बनाउने
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
वीरगन्जमा कर्फ्यु थप, संवेदनशील क्षेत्रहरूमा सुरक्षा कडाइ, सार्वजनिक गतिविधि प्रतिबन्ध
singel sidbar banner
singel sidbar banner 2

तपाईंले छुटाउनुभयो कि?