जनकपुरधाममा निर्वाचन आचारसंहिता उल्लंघन, १५ सयभन्दा बढी अवैध प्रचार सामग्री हटाइयो
- जनकपुरधाम — निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर र झण्डा हटाएको छ।
- निर्वाचन कार्यालयमा पटक-पटक उजुरी परेपछि सम्बन्धित दल तथा उम्मेदवारलाई आफैंले सामग्री हटाउन आग्रह गरिएको थियो।
जनकपुरधाम — निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै प्रहरीले सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर र झण्डा हटाएको छ। निर्वाचन कार्यालयमा पटक-पटक उजुरी परेपछि सम्बन्धित दल तथा उम्मेदवारलाई आफैंले सामग्री हटाउन आग्रह गरिएको थियो। तर, त्यसको पालना नभएपछि शनिबार जनकपुरधाम उपमहानगर क्षेत्रभित्र व्यापक अनुगमन गरी करिब १५ सयको हाराहारीमा अवैध प्रचार सामग्री हटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार, सार्वजनिक स्थान, बिजुलीका पोल, पर्खाल र सरकारी संरचनामा टाँसिएका सामग्रीहरू निर्वाचन आचारसंहिता विपरीत रहेका थिए। अनुगमनको क्रममा सबैभन्दा बढी उल्लंघन गर्ने पार्टी भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको पाइएको छ।

निर्वाचन कार्यालयले उल्लंघन गर्ने दल तथा उम्मेदवारलाई कानुनी कारबाही गर्न सकिने चेतावनी दिएको छ। साथै, निष्पक्ष र स्वच्छ निर्वाचनका लागि सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरिएको छ। प्रशासनले आगामी दिनमा समेत नियमित अनुगमनलाई तीव्रता दिँदै उल्लंघन दोहोरिएमा कडा कारबाही गर्ने जनाएको छ।
यस कदमले निर्वाचन प्रक्रियालाई स्वच्छ र निष्पक्ष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






