राष्ट्रिय सुरक्षा परिषद्को बैठक सुरु, सिमरामा तनाव र कर्फ्यू जारी
- काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारस्थित सचिवालयमा जारी रहेको छ।
- प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले यसको जानकारी दिएको हो।
काठमाडौं — राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारस्थित सचिवालयमा जारी रहेको छ। प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले यसको जानकारी दिएको हो। बैठकको उद्देश्य बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्नु हो।
यसअघि हिजो साँझ गृह मन्त्रालयमा पनि सुरक्षा परिषद्को बैठक बसेको थियो। सिमरामा बुधबार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए। युवाहरूले एमाले नेताहरू जाने क्रममा विरोध जनाउँदै सडकमा आगजनी समेत गरेका थिए, जसले अवस्था तनावग्रस्त बनाएको हो।
बुधबार साँझ ८ बजेसम्म सिमरामा कर्फ्यू लागू गरिएको थियो। तर, आज फेरि अवस्था तनावग्रस्त बनेपछि थप कर्फ्यू लगाइएको छ। यस घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराउँदै, शान्ति र सुरक्षा मजबुत बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ






