बगदादमा अमेरिकी दूतावासमाथि पनिषण आक्रमण, इरान-इजरायल तनावको प्रत्यक्ष प्रभाव
- बगदाद – बगदादको अमेरिकी दूतावासमाथि मंगलबार बिहानै शृङ्खलाबद्ध ड्रोन र रकेट आक्रमण भएको छ।
- समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार, यो आक्रमण इरान र इजरायलबीचको सिलसिलामा भएको सबैभन्दा तीव्र र भयानक हमला भएको हो।
बगदाद – बगदादको अमेरिकी दूतावासमाथि मंगलबार बिहानै शृङ्खलाबद्ध ड्रोन र रकेट आक्रमण भएको छ। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार, यो आक्रमण इरान र इजरायलबीचको सिलसिलामा भएको सबैभन्दा तीव्र र भयानक हमला भएको हो। इराकी सुरक्षा स्रोतहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा भीषण आक्रमणको रूपमा व्याख्या गरेका छन्।
आक्रमण हुनुभन्दा करिब ६ घण्टा अगाडि मात्रै दूतावासले इराकमा रहेका अमेरिकी नागरिकहरूको लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो। उक्त चेतावनीमा भनिएको थियो कि इरान निकट सशस्त्र समूहहरूले बगदादको अत्यन्त सुरक्षित मानिने इन्टरनेशनल जोनमा बारम्बार आक्रमण गर्न सक्ने सम्भावना रहेको छ। केही घण्टामै दर्जनौँ रकेट र कम्तीमा पाँचवटा ड्रोनले दूतावासलाई लक्षित गरेका छन्।
पछिल्लो समय इरान र अमेरिकाबीच बढ्दो तनावको प्रत्यक्ष असर इराकमा पनि देखिएको छ। इरानले आफ्ना छिमेकी देशहरू र अमेरिकी सैन्य आधारहरूमा प्रतिशोध लिने चेतावनी दिइरहेका बेला, बगदादको यो आक्रमणले पश्चिम एसियाको सुरक्षा स्थिति थप जटिल बनाएको छ। अमेरिकी अधिकारीहरूले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण सार्वजनिक गरेका छैनन्।
यो घटना पछिल्लो समय जारी तनाव र युद्धको सम्भावना बढाउँदै गएको देखिएको छ। यसले क्षेत्रीय सुरक्षा र स्थिरता माथि गम्भीर प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रतिक्रिया
यो पनि पढौँ
यो पनि पढौँ
तपाईंले छुटाउनुभयो कि?
छुटाउनुभयो कि ?






